नियम
मूल नियमावलीको नियम ८ मा संशोधन

मूल नियमावलीको नियम ८ को,–
(१) उपनियम (२) मा रहेका “भरपाई सहित” भन्ने शब्दहरूको सट्टा “भरपाई अध्यक्षद्वारा प्रमाणित गराई” भन्ने शब्दहरू राखिएका छन् ।
(२) उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशमा रहेका “खर्च भएको” भन्ने शब्दहरूको सट्टा “दुई सय रुपैया“सम्म” भन्ने शब्दहरू राखिएका छन् ।
(३) उपनियम (६) मा रहेका “मासिक फा“टवारी” भन्ने शब्दहरूको सट्टा “चौमासिक र वार्षिक आय व्यय विवरण जिल्ला विकास समितिको कार्यालय र मासिक आय व्यय विवरण” भन्ने शब्दहरू राखिएका छन् ।
(४) उपनियम ८ पछि देहायको उपनियम (९) थपिएको छ ः–
“(९) आम्दानी, खर्च तथा स्वीकृत कार्यक्रमको विवरण गाउ“ विकास समितिको सूचनापाटी र सार्वजनिक स्थलमा टा“स गरी जिल्ला विकास समितिमा सार्वजनिक गर्नका लागि पठाउनु पर्नेछ ।